हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकाले चालू आर्थिक बर्षको दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रम बैशाख २६ गते धनुषा आधारभूत विद्यालय हल्दिबारी ५ मा गर्ने भएको छ।
गाउँपालिका तथा वडाहरुवाट प्रवाह गरिने सेवा, सुविधाको प्रभावकारिता तथा गुणस्तरीय विकास निमार्ण सम्बन्धि खुला छलफल गराई सेवाग्राहीबाट रचनात्मक सल्लाह सुझाव लिन सार्वजजिक सुनुवाई गरिने भएको हो ।
आगामी दिनमा सेवा प्रबाहको अवस्थामा सुधार गर्ने उद्धेश्यले सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम १९ ले सार्वजनिक निकायले प्रत्येक ४ महिनामा कम्तिमा एउटा गरी वर्षमा ३ वटा सार्वजनिक सुनुवाई अनिवार्य गर्नु पर्ने व्यवस्था अनुसार स्माइल नेपाल झापाको समन्वयमा तथा हल्दीवारी गाउपालिकाको आयोजनामा दोस्रो चौमासिक अवधिको गाउपालिका स्तरीय सार्वजनिक सुनवाई कार्यक्रम संचालन हुने भएको हो।
कार्यक्रम बिहान ११ बजेदेखि शुरू हुने र सरोकारवालाहरु सम्पूर्ण सबैमा उपस्थित भएर चासो, गुनासो, सुझाब, सल्लाह र प्रश्नका लागि समेत आग्रह गरिएको छ ।