मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१५ ढाट स्थितबाट प्रतिबन्धित लागू औषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार (आज) दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ईटहरी उप–महानगरपालिका–३ का २२ बर्षीय नमेश राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ७१ मिलिग्राम ब्राउन सुगर बरामद गरी पक्राउ गरेको हो ।

पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।