- राजु बराल
चन्द्रगढी ।
सस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको अधिबेसन जेठ १५ गते गर्ने निर्णय भएको छ । सस्थागत बिद्यालय शिक्षक युनियन भद्रपुरका नगर अध्यक्ष द्रोण अधिकारीको अध्यक्षता बसेको बैठक उक्त निर्णय गरेको हो ।
बैठकले सस्थागत बिद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको पेशागत अधिकार सुनिश्चित गर्न प्याब्सन, एनप्याब्सन तथा सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
भद्रपुर नगरपालिका भित्रका ३३ वटा सस्थागत बिद्यालयका शिक्षक, कर्मचारी सहभागी हुने उक्त नगर अधिबेशनले आगामी ४ बर्से कार्य कालका लागि नगरको नेतृत्व चयन गर्ने नगर अध्यक्ष द्रोण अधिकारीले बताए।