बिर्तामोड ।
बीरता जेसीजले अपाङ्गता भएका नागरिकलाई पोशाक बितरण गरेको छ । झापाको बिर्तामोड–४ को अपाङ्गता स्वालम्बन संस्थामा आश्रित १५ जनालाई पोशाक बितरण गरिएको बीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिएका छन् ।
कार्यक्रमको अध्यक्षता तथा औचित्यमाथि प्रकाश बीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी गरेको कार्यक्रममा बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्माको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत सत्रुघनप्रसाद गुप्ताले गरेको कार्यक्रममा बिशिष्ठ अतिथि अपाङ्गता स्वालम्बन संस्थाका अध्यक्ष दीपक थापा रहेका थिए ।