हल्दीबारी।

झापाको हल्दिबारी माध्यमिक बिद्यालयमा बिगत ४ वर्षदेखि सञ्चालन भएको प्राबिधिक धार (बाली बिज्ञान) बिषय सञ्चालन भईरहेको छ । सिकाई र पढाइ सँगसँगै लैजाने क्रममा विद्यालयमा धेरै खालका प्रयोगात्मक क्रियाकलाप हुने गरेको उक्त संकायमा  शिक्षक, तथा बिधार्थीहरूको निरन्तर रूपमा भईरहेको प्रयोगात्मक सिकाई अन्तर्गत एपल जाम साथै टमाटरको केचप तयार गरेका छन् । हिजो एपल जाम स्याउ, पानी र चिनीको समिश्रणबाट तयार गरिएको हो।

त्यसैगरी टमाटरबाट बनाइने टोमाटो केचप बिद्यालयमा बाली बिज्ञान संकायका बिद्यार्थी तथा शिक्षकहरूले तयार गरेका हुन् । बिद्यार्थीहरूले सिकाइको क्रममा बनाएका हुन् ।

प्राविधिक शिक्षा आजको आवश्यकता रहेको कुरालाई आत्मसाथ गर्दै विद्यार्थीलाई प्रयोगात्मक ज्ञान पनि उत्तिकै आवश्यक हुन्छ । यस्तो कुरामा जोड दिँदै विद्यार्थीलाई आत्मनिर्भर बनाउन चालिएका यस्ता कदम साच्चिकै तारिफ योग्य रहेको छ ।

स्थानीय श्रोत र सामग्रीको प्रयोग गरी तयार गरिएको वस्तु बजारमा पाइने भन्दा धेरै राम्रो र खान योग्य पनि रहने हुदा यस्ता कार्यमा विद्यार्थीलाई अगाडि बढाउनु राम्रो पनि हुनेछ ।