बिर्तामोड । 

ओली वशं केन्द्रिय समन्वय समितिको नवौ राष्टि«य महाधिवेसनबाट उमेशचन्द्र ओलीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत निर्वाचित भएको छ ।

झापाको विर्तामोडमा शनिवार भएको नवौ महाधिवेशनबाट उमेशचन्द्र ओलीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय समिति निर्वाचित भएको हो । समितीको सरक्षंक नारायण ओलीको प्रमुख आथित्यमा भएको महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा इटहरीका शिक्षासेवी जगदिश ओलीलाई  निर्वाचित गरेको छ भने उपाध्यक्षमा दाङका मिनबहादुर ओली र काठमाडौका बरिष्ठ अधिबक्ता  केशवमणि ओलीलाई निर्वाचित गरेको छ ।

त्यस्तै महासचिवमा विर्तामोडका  पूर्व क्याम्पस प्रमुख मोहनप्रसाद ओली  तथा सचिवमा लुम्विनी प्रदेशका जागेश्वर अ‍ोली, काठमाडौका पुर्व प्रजिअ जीवन ओली, चितवनका नारायण ओलीलाई निर्वाचित गरेको हो ।

त्यस्तै कोषाध्यक्षमा झापाका श्री गौरी अम्विका स्मृति प्रतिष्ठानका  यज्ञराज ओली, निर्वाचित भएका छन भने सदस्यहरुमा दाङकी कोमल ओली, झापाबाट चन्द्रकला ओली, सुनिता अ‍ोली, दमकका रोमनाथ अ‍ोली, दोलखाबाट रामचन्द्र ओली, इटहरीबाट ओमप्रसाद ओली, अष्टेलियाबाट भवानी ओली, झापाबाट ध्रुव अ‍ोली, यज्ञप्रसाद ओली, तुलसीराम ओलीसहित २१ जनाको केन्द्रिय समिति निर्वाचित भएको केन्द्रिय प्रचार विभाग संयोजक राजकुमार ओलीले जानकारी दिएका छन् ।

महाधिवेशनले पूर्व प्रधानमन्त्री केपी ओलीको संयोजकत्वमा केन्द्रिय सल्लाहकार समिति समेत निर्वाचित गरेको निर्वाचन मण्डलले जानकारी दिएको छ । केन्द्रिय अध्यक्ष पूर्व नापी विभागका महानिर्देशक पुन्यप्रसाद ओलीको अध्यक्षतामा भएको महाधिवेशनलाई मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा समितिका महासचिव उमानाथ अ‍ोलीले सन्चालन गरेका थिए ।

हाल नेपालभर २० लाख धेरै ओलीहरु बसोवास गर्छन् भने झापमा मात्रै पनि ९ सय ९० परिवार बसोवास रहेको पाइएको छ । झापाको विर्तामोड ४ मा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेको ओली वशं केन्द्रिय समन्वय समितिले ज्येष्ठ तथा उत्कृष्ठ योगदान पुराउने समाजसेवी तथा नागरिकहरुलाई सम्मान समेत गर्दै आएको छ । २०४५ सालमा  तत्कालिन प्रहरी नायव उपरिक्षक त्रैलोक्य ओलीको अगुवाईमा स्थापना गरिएको ओली बशं केन्द्रिय समन्वय समितिले आजसम्म विविध सामाजिक तथा रचनात्मक कार्यहरु गर्दै आएको प्रचार विभाग संयोजक राजकुमार ओलीले जानकारी दिए ।