बिर्तामोड । 

बीरता जेसीजले अपाङ्ग बाल सरोकार केन्द्रमा शैक्षिक सामाग्री वितरण गरेको छ । बीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममाथि प्रकाश अध्यक्ष चौधरीले पारेको कार्यक्रममा स्वागत संयोजक बिज्ञानराज पौडेलले गरेका थिए भने आस्था वाचन अजय अधिकारीले गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।

अपाङ्ग बाल सरोकार केन्द्रका कृष ढकालको बिशिष्ठ आतिथ्य रहेको कार्यक्रमको सञ्चालन बसन्त ढकालले गरेका थिए ।