हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ का सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई पोशाक बितरण गरिने भएको छ । 

हल्दीबारी गाउँपालिका वडा नं. ४ ले वडा अन्तरगतका सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत विपन्न विद्यार्थीहरूलाई आइतवार (आज) पोशाक बितरण गरिने वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिए । 

वडा भित्र रहेको महेन्द्र माबि र दिपेन्द्र प्राबिमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विपन्न बिद्यार्थीलाई बिद्यालयको पोशाक ट्याकसूट बितरण गर्न लागिएको हो । वडा कार्यालयले ७५ हजार रुपैयाँ बराबरको पोशाक बितरण गर्न लागिएको वडाध्यक्ष थापाले बताए ।  

h4