शिवसताक्षी ।
झापाको शिवसताक्षी ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आवश्यक पोशाक बितरण गरिएको छ । ग्रामीण भेगका अत्यन्त विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेको हो ।
कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले अन्तिम परीक्षामा प्राप्त गरेको अंकका आधारमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई विष्णु–लक्ष्मी सिटौला कोषले वर्सेनी वितरण गर्ने पुरस्कार पनि शुक्रबार नै प्रदान गरिएको थियो ।
विष्णु–लक्ष्मी सिटौला कोषका प्रमुख संरक्षक नरेन्द्रप्रकाश सिटौलाको अध्यक्षता तथा शिवसताक्षी नगरपालिका वडा नं. ५ का अध्यक्ष सिकिन पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
वडाको बजेटबाट २ लाख ५० हजार रुपैयाँ खर्चेर उनीहरुका लागि स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरिएको बताइएको छ ।
सो कार्यक्रममा विष्णु–लक्ष्मी सिटौला कोषको तर्फबाट सबै कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई स्टेशनरी सामग्री र सबै विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयलाई एक–एक थान फुटबल र भलिबल प्रदान गरिएको थियो ।
बालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक दधिकुमार गणेशले स्वागत गरेको सो कार्यक्रममा पत्रकार गोपाल काफ्लेले विगत भन्दा यो वर्ष विद्यालयको स्वरुपमा केही फरक भएको बताए ।
कार्यक्रम शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविालाल ढकाललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक राजनप्रसाद निरौलालेगरेका थिए ।