बुट्टाबारी ।
लियो क्लब बिर्तामोडले जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय र बालगृहका सय विद्यार्थीहरुलाई स्टेशनरी बितरण गरेको छ । नयाँ शैक्षिक सत्रमा बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृह र जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ का विद्यार्थीहरुलाई क्लबकी अध्यक्ष सदिक्षा खरेलको जन्म दिवसको अवसरमा स्टेशनरी बितरण गरेकी हुन् ।
सरकारले पोशाक, खाजा, पुस्तक, छात्रवृत्ति दिए पनि स्टेशनरीको लागि छुट्टै ब्यवस्थापन नभएकोले अति बिपन्न विद्यार्थीहरुलाई अति अभाव हुने हुदा क्लबले स्टेशनरी सहयोग गरेको प्रधानाध्यापक रन्जित परियारले बताए ।
कार्यक्रममा बालबालिकाहरुको अनुहार नै खुसीले छाएको भन्दै बिशेष अतिथि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगर, शिक्षक गिता देवि खरेल, लियो लेडि अध्यक्ष उर्मिला खरेल, निरु उप्रेती, निर्जला भन्डारी, दिक्षा कडरिया, अनुषा ढकाल लगायतले सामाजिक कार्य गरेकोप्रति शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष सदिक्षा खरेलको अध्यक्षता र एरिया चिफ कोडिनेटर जिल्ला काउन्सिल तीन सय पचिसका सबिन शिवाकोटीको प्रमुख आतिथ्यमा सचालन भएको कार्यक्रमको सहजीकरण प्रशंसा घिमिरेले गरेकी थिइन् ।