बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले दुग्द किसानहरुलाई विभिन्न प्रकारका सामाग्री वितरण गरेको छ । नगरपालिकाले चिलिङ्ग भ्याट, आल्मुनियमको मिल्क क्यान र दाना पिश्ने मेशिन वितरण गरेको हो ।
पशुपंछि तथा मत्स्य विकास शाखाको वार्षिक स्विकृत कार्यक्रम २०७९/०८० अनुसार चिलिङ्ग भ्याट ३ जना, मिल्क क्यान ९ जना र दाना पिश्ने मेशिन ५ वटा समुहलाई वितरण गरीएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायत वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सामाग्री हस्तान्तरण गरेका हुन् । मिल्क क्यान ९ जनालाई २÷२ वटाका दरले १८ वटा वितरण गरीएको हो।
चिलिङ्ग भ्याट पाउनेमा बिना अधिकारी, तारा बुढाथोकी, खेमप्रसाद अधिकारी र मिल्क क्यान पाउनेमा कर्ण नैना दुग्ध डेरी उद्योग, देवीप्रसाद तिम्सिना, सुवोध ढुंगेल, प्रेमप्रसाद बराल, पुण्यप्रसाद अधिकारी, खेमप्रसाद अधिकारी, घनश्याम बराल, सारदा शाह, दलबहादुर घिमिरे रहेका छन् ।
त्यस्तै बंगुर तथा बाख्राको दाना पिसाउने मेशिन प्राप्त गर्नेहरुमा मौषमी कृषि तथा पशुपालन समुह, बुङ्गचे पशुपालन तथा कृषि फर्म, विवेक बाख्रा फर्म, सन्देश महिला बंगुरपालन कृषक समुह र समावेशी बहुउदेृश्यीय कृषि फर्म रहेका छन् ।
चिलिङ्ग भ्याट र दाना पिसाउने मेशिनमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत कृषकको लगानी रहेको पशुपंछि मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइ्न् । मिल्क क्यानमा भने नगरको शतप्रतिशत अनुदान रहेको छ ।
चिलिङ्ग भ्याटको कुल लागत ३ वटाको ७ लाख ३५ हजार, दाना पिशाउने मेशिन ५ वटाको १ लाख ९० हजार र मिल्क क्यानको २ लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ ।
सामाग्री वितरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ७ का कृष्ण अविरल खरेल, वडा नम्बर १० का दुर्योधन गुरुङ, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायत कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।