बुट्टाबारी ।
झापाको बिर्तामोड नगरपालिकाले सरस्वती माध्यमिक बिद्यालय बुटाबारीमा शिक्षा योजना निर्माण कार्याशाला सप्पन्न गरेको छ ।
अबको शिक्षा प्रणाली, चुनौती र अवसरको बारे बिद्यालयहरुले बिद्यालय सुधार योजना ५ बर्षिय नगर शिक्षा योजना योजना बनाएर शिक्षाको गुणस्तर वृद्धि गर्न बिर्तामोड वडा न ६ मा सामुदायिक, सस्थागत, धार्मिक बिद्यालय मदरसा आदिका सरोकार वालावाला अभिभावक प्रधानाध्यापक बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, जनप्रतिनिधि र शिक्षकहरुको सहभागी भएको थियो ।
शिक्षा खर्चिलो र पहुचवालाको मात्र नभएर सबैको पहुँच हुनु पर्नेमा अध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा, जीवन बास्कोटा, शिक्षक मुक्तिप्रसाद प्याकुरेल, रन्जित परियार लगायतले सुझाव मनत्ब्य राखेका थिए ।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कैलास कन्दङ्गवाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत प्रधानाध्यापक दीपक लुइँटेलले गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षा शाखाकी जानुका रेग्मी, अशोककुमार कालाखेती र तुलसीराम अधिकारीले गरेका थिए ।