हल्दिबारी । 

हल्दीबारी गाउँपालिकाको चालू आर्थिक वर्षको चैत महिना सम्ममा चालु खर्च तर्फ १९ करोड २१ लाख ४७ हजार ८ सय ७ रूपैयाँ खर्च  भएको छ। मितव्ययिता आर्थिक अनुशासनको अनिवार्य सर्त हो । सुशासनका लागि मितव्ययी हुनु अनिवार्य छ । 

गाउँपालिकाले दिएको विवरण अनुसार आर्थिक बर्ष २०७९/०८० को चैत महिना सम्मको मूख्य खर्च विवरण यस प्रकार रहेका छन्।

जनप्रतिनिधि पारिश्रमिकमा  ३५ लाख ४४ हजार, पोशाकमा ७ लाख ७० हजार ३००, महंगी भत्ता  ६ लाख २ हजार, कर्मचारी बैठक भत्ता ७ लाख ६६ हजार ८ सय ६८ रूपैयाँ, पदाधिकारीहरूको बैठक भत्ता ५ लाख ८ हजार, पानी र बिजुली ७ लाख ८८ हजार एक सय ५१ रूपैयाँ, संचार महसुस खर्च ६ लाख ५८ हजार १ सय ६३ रूपैयाँ,  ईन्धन खर्च १२ लाख ५५ हजार ८३ रूपैयाँ, सवारीसाधन मर्मत १२ लाख ५७ हजार चार सय ८६ रूपैयाँ, बिमा तथा नविकरण खर्च ४ लाख ९५ हजार रूपैयाँ, मेसिनरी  तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च नौ लाख ७६ हजार ६ सय ३४ रूपैयाँ रहेको छ । 

त्यसैगरी मसलन्द तथा कार्यालय सामाग्री २६ लाख १५ हजार छत्तीस रूपैयाँ, पुस्तक तथा सामाग्री खर्चमा २२ लाख ९७ हजार ६ सय ५७ रूपैयाँ, पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्च नौ लाख ६२ हजार ९ सय ८३ रुपैयाँ, सेवा तथा परामर्शमा खर्च २ लाख ९८ हजार तीन सय बीस रूपैयाँ, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च ११ लाख ३२ हजार तीन सय ८६ रूपैयाँ, कार्यक्रम खर्च दुई करोड ५५ लाख ११ हजार एक सय ८५ रूपैयाँ, विविध कार्यक्रम खर्च छ लाख ४६ हजार चार सय ६५ रूपैयाँ, भ्रमण खर्च ७ लाख ६४ हजार एक सय ६५ रूपैयाँ र विविध खर्च २५ लाख ३६ हजार दुई सय १३ रूपैयाँ खर्च भएको जनाएको छ ।

यस्तो खर्चको विवरण : 

kharcha