हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा आएर रकमान्तर गर्ने तयारी गरेको छ। यसअघि पुषमा तेर्हौ गाउँसभाले आवश्यक रकमान्तर गरेर बजेट संशोधन गरी पास गरिएकोमा फेरि अहिले बैशाखको १५ गते विशेष गाउँसभा बस्ने र बजेट रकमान्तर गर्ने तयारी गरेको हो ।
आर्थिक वर्ष सकिनै लाग्दा वर्षाको समयमा योजना तथा कार्यक्रम सञ्चालन गर्न नसिकने अवस्थामा पुनः रकमान्तार गर्ने कुराले ससंकित तुल्याएको निवर्तमान वडा अध्यक्ष त्रिलोचन सापकोटा बताउँछन् ।
हल्दीबारी गाउँ कार्यपालिकाको बैशाख ५ गते बसेको बैठकले विभिन्न शिर्षकमा रहेको बजेट रकमलाई रकमान्तर गर्ने निर्णय गरेको छ। आगामी बैशाख १५ गते ११ बजे विशेष गाउँसभा बोलाउने निर्णय भएको छ।
चालु आर्थिक बर्षको दोश्रो सार्वजनिक सुनुवाई र चौमासिक समिक्षा बैशाख २५ र २६ गते गर्ने निर्णय भएको छ। साथै विपद व्यवस्थापन सम्बन्धमा गएको महिनामा परेका असिना, पानी, हावाहुरीले घर, वालीनालीमा भएको क्षतिको निवेदनहरू विपद ब्यबस्थापन समितिमा निर्णयका लागि पठाउने निर्णय भएको हल्दीबारी गाउँपालिकाका प्रवक्ता देबीबहादुर थापाले बताए ।