• चन्द्र बस्नेत     

कनकाई  । 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा   भोलि बुधबार  विषादि मुक्त सब्ताहको समापन कार्यक्रमको अवसरमा विभिन्न दर्जनबढी कार्यक्रम गरिने भएको छ।

  कनकाई नगरमा कृषकहरुले कसरी बढी भन्दा बढी विषादि रहित  अन्नबाली  उत्पादन गर्ने  भन्ने उध्येश्यका साथ कनकाई नगरलाई कृषि बालीमा  विषादि मुक्त  बनाउन सब्ताहको कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए।

कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त गर्नकै लागि सब्ताहको  आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिए।

पछिल्लो समय हरेक बालीमा विषादिको प्रयोग बढ्दै गएको भन्दै नगरमै यसलाई विषादि मुक्त बनाउन  शब्ता अभियान सन्चालन गरिएको कृषि शाखाका प्रमुख यदुनाथ  उप्रेतीले जानकारी दिए।                                            

भोलि बुधबार कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा जेसिस हलमा  आयोजना हुने कार्यक्रममा कृषकहरुले उत्पादन  गरेका विभिन्न तरकारी बालीमा कसरी विषादि  रहित बनाउने  बारेमा  भोलि पुर्वाच्चल कृषि क्याम्पस गौरादहका बिद्यार्थीहरुबाट सचेतनामुलक र्याली तथा नाटक, रासायनिक विषादि न्यूनीकरणमा   विध्यार्थीको भुमिका विषयक वक्तित्वकलाकला कार्यक्रम समेत रहने कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिए। कार्यक्रममा जिल्ला भरिका २ सय बढी कृषर्कहरुको सहभागिता रहने बताईएको छ।