बुट्टाबारी । 

वीरता जेसीज बिर्तामोडले जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ लाई १५ थान मिनि कुर्सी हस्तान्तरण गरेको छ ।

बिद्यालयको मेरुदण्ड नै नर्सरी कक्षा रहेको र जग नै मजबुत बनाउनु पर्ने भन्दै सहयोग गर्ने अभियान नै रहेकोले यस बिद्यालय अन्तर्गत १५ जना नर्सरी कक्षाका विद्यार्थीहरुको लागि बिद्यालयका अध्यक्ष जगतबहादुर मगरलाई हस्तान्तरण गरेको कार्यक्रम संयोजक नवराज अधिकारीले बताए । 

सामान्यता प्राथमिक बिद्यालयहरुमा अनुदानहरु नआउने र आएपनि पर्याप्त नहुने हुदा संघ सस्थाहरुको ठुलो सहयोग रहेको भन्दै प्रधानाध्यापक रन्जित परियारले  सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । कार्यक्रम विरता जेसिजका अध्यक्ष धन्यश्याम चौधरीको अध्यक्षता एवम् बिर्तामोड नगरपालिका ६ का अध्यक्ष सुर्यप्रसाद कन्दङ्गवाको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा स्वागत तथा आस्था बाचन अजय अधिकारीले गरेका थिए ।

अतिथिहरु बिब्यस अध्यक्ष जगतबहादुर मगर, जेसी अन्तलाल महतो, बिज्ञराज पौडेलले शुभकामना मन्तब्य राखेका थिए ।  कार्यक्रम सहजीकरण कानुनी सल्लाहकार एलसि श्रेष्ठले गगरेका थिए ।