हल्दिबारी ।
जलथल खानेपानीको निर्वाचन प्रक्रिया सोमबार (आज) पूरा भएको छ। बैशाख ३ गते मतदाता नामावली प्रकाशित गरेर शुरू भएको निर्वाचन प्रक्रिया प्रमाण पत्र वितरण भएसंगै समापन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साथै निर्वाचन प्रक्रियालाई सरल र सहज बनई सर्वसम्मत नेतृत्व छनोट गर्ने भुमिकामा निवार्चन अधिकृत बाबुराम ढकाल र उनका सहायक स्तर कर्मचारी जय प्रकाश दाहालले अहम भुमिका निर्वाह गरेका छन्।
निर्वाचनको मुखमा होमिएको जलथल खानेपानीको नेतृत्वका लागि अन्तिम घडीमा आएर सहमति गराउन सफल भएका छन् ।आम उपभोक्ता सदस्यहरूको माग पनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने रहेको थियो ।
कार्यालयमा आज प्रमाण पत्र बितरण गरिएको छ । हल्दिबारी वडा नम्बर ४ का अध्यक्ष सन्तकुमार थापाको आतिथ्यमा निर्बिरोधनिवाचित भएका कार्यसमिति सदस्यहरू वडा नम्बर ५ बाट भानु प्रसाईं, टिकाराम सुवेदी र कोपिला सिरुवाल निर्वाचन घोषणा गरेका दिन नै सर्वसम्मत भएका थिए भने वडा नम्बर ३ बाट सितादेवी बिस्ट पनि सर्वसम्मत भएकी थिइन् ।
वडा नम्बर ४ मा केदारप्रसाद उप्रेती, कृष्ण प्रसाईं र सावित्रा बारकोटी र जीवनकुमार अधिकारी राजनीतिक सहमति कायम भएको थियो भने वडा नम्बर ३ बाट कमल ओली चयन गरिएको थियो । संस्थाको कार्य समितिका ९ जनालाई प्रमाण पत्र वितरण गरेको छ।
बिधान अनुसार निर्वाचित सदस्यहरुबाटै अध्यक्ष लगायत अन्य पदाधिकारी चयन गरिने छ भने २ जना थप सदस्य मनोनित हुनेछन् । सल्लाहकार समिति र लेखा समिति समेत बन्ने जनाइएको छ।