सुरुङ्गा । 

होटल ब्यवसायी संघ झापाको आयोजना तथा संघको क्षेत्रिय समिति सुरुङ्गाको सह–आयोजनामा भएको फुड फेस्टिवल तथा सांस्कृतिक पर्यटन तथा प्रवद्र्धन महोत्सवको उद्घाटन भएको छ । 

झापाको कनकाई नगरपालिका–३ स्थित कृषि उपज बजार सुरुङ्गामा आयोजना भएको दोस्रो फुड फेस्टिवल महोत्सव २०८० सोमबार (आज) कनकाई नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका हुन् । 

बैशाख २३ गतेसम्म आयोजना हुने महोत्सवको उद्घाटन गर्नु अघि बिभिन्न जातजातीले आ–आफ्नो भेषभूषासहितको र्यालीले सुरुङ्गा बजार परिक्रममा गरेका थिए । 

mela ll

भूकम्प र कोभिड महामारीबाट उठ्न नसक्दै आर्थिक मन्दीका कारण धरासायी बन्दै गरेका ब्यवसायीलाई चलायमान बनाउने उदेश्यले महोत्सवको आयोजना गरिएको होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताएकी छिन् । साथै महोत्सवले स्थानीय सांस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने समेत उदेश्य राखेको छ । 

 उक्त फुड फेस्टिवल महोत्सवमा राष्ट्रिय, अन्र्तराष्ट्रिय र स्थानीय स्तरका साथै जनजातीका संस्कृति र खानाका परिकार रहने होटल ब्यवसायी संघ झापाका सचिव तथा महोत्सवका संयोजक खेम ओलीले जानकारी दिए । महोत्सवमा खाने परिकारका स्टलहरु रहेका छन् । 

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कालाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ । संघकी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत आयोजक समितिका संयोजक खेम ओलीले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन संघका महासचिव शिव पौडेलले गरेका थिए ।