झापा ।
चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार(आज) बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ । सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृतको कार्यालय जनाएको हो ।
यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना शुरु हुन सक्ने अडान लिँदै आएको छ ।
चिवतन २ मा आइतबार सम्पन्न उप–निर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।