झापा ।  

प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिले गरेको शान्तिपूर्ण आन्दोलनलाई राज्यले दमन गरेको भन्दै आपत्ति जनाएका छन् । पहिचानबादी युवा नेता एल.बि.पालुङ्वाले शान्तिपूर्ण आन्दोलनमा राज्यले दमन गर्ने दुस्साहस गरेकोमा घोर निन्दा तथा भत्सर्ना गर्दै आपत्ति जनाएका हुन् । युवा नेता पालुङ्वा संघीय लिम्बुवान पार्टी नेपालका  कोषाध्यक्ष समेत हुन् । 

गत फागुन २७ गते झापाको बिर्तामोडमा राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टीलगायतका ६ घटक एकता  भएको थियो । 

आइतवार (आज) इटहरीमा पहिचानबादी दलसहित सामाजिक संघ–संस्थाहरुद्धारा घोषित सभालाई बिथोल्न चारै दिशाको यातायातका साधनहरुलाई चार–चार वटा सुरक्षा घेरा बनाएर ठुलो भिडन्त र काटमार भैरहेको अफवा फैलाएर कार्यक्रममा जान रोक लगाएको युवा नेता पालुङ्वाले बताए । ‘राज्यले नागरिकको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको छ’ युवा नेता पालुङ्वाले भने ‘राज्यले नागरिकको मौलिक अधिकार नै हनन गरेर द्वन्द्वको बिजारोपणलाई मलजल गरेको छ ।’

उनले आजको आफु जाने क्रममा मोरङको बेलबारी पश्चिम चार पटक सवारी साधन फेर्दा समेत कार्यक्रम स्थल इटहरी  पुग्न असफल भएपछि अन्त्यमा हिंडेर पुगेको बताए ।

त्यस्तै बैशाख–९ गते शनिबार शहीद लाजेहाङको शवयात्रा तथा दाहसंस्कार  कार्यक्रममा समेत राज्यले दमन गरेको आरोप लगाए । राज्यले व्यापक सुरक्षाकर्मी परिचालन गरि शान्तिपूर्ण ढंगले हिंडिरहेका मलामी जनमा लाठीचार्ज, सयौं अश्रुग्यास प्रहार, गोली प्रहार गरी चरम दमन गरेको घटनाप्रति उनले आपत्ति जनाएका हुन् ।