सुरुङ्गा ।
बालमैत्री स्थानीय शासन अभियान अन्तरगत झापाको कनकाई नगरपालिकाका सरोकारवालासँग छलफल भएको छ । नगरको बाल कल्याण ईकाईको आयोजनामा आइतवार (आज) बालमैत्री स्थानीय शासन बारे जानकारी गराउने उदेश्यसहित सरोकारवालाहरुसँग सल्लाह, सुझावसहित छलफल भएको हो ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गरेका थिए । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश कनकाई नगरपालिकाका बालमैत्री स्थानीय शासन बिज्ञ प्रजेश खनालले पारेको कार्यक्रमको सञ्चालन बालकल्याण अधिकारी उमानाथ ढकालले गरेका थिए ।
कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी, बिद्यालयका प्रतिनिधि, सामाजिक संघ/संस्थाका प्रतिनिधि, राजनीतिक दल, बाल क्लवहरुलगायतका ७० जना वढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन र त्यसको फाइदालगायतका बिषयमा जानकारी दिइदै सल्लाह, सुझावसहित छलफल गरिएको थियो ।