विराटनगर ।
संबिधान र कानुनमा प्राप्त भएको हकअधिकार स्थापित गराउन अब शसक्त्त आन्दोलन थाल्नुपर्ने दलितहरुले जोड दिएका छन् । नेपाल दलित मुक्त्ति मोर्चा मोरङको भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हकअधिकार प्राप्त भैसके पनि व्यावहारमा लागू नभएकोले अब शसक्त्त आन्दोलन थाल्नु पर्नेमा जोड दिएका हुन् ।
मोरङको विराट चौकमा शनिवार सम्पन्न भेलामा बोल्दै दलित मुक्त्ति मोर्चाका केन्द्रिय सह–संयोजक तेजबहादुर मिजारले सयौ बर्षदेखी जातिय विभेद र अनेकौ उत्पिडन भोगिरहेको दलित समुदायले संबिधान र कानुन निर्माण भैसकेपछि समान अधिकार प्राप्त गरिसकेको तर व्यावहारमा कार्यान्वयन नहुँदा अझै न्यायको अनुभूति गर्न नसकेको बताए । यसैले उनले अब दलितहरुले पहिले झै गुनासो र रोदन व्यक्त्त नगरि प्राप्त भएका हक अधिकार भोग गर्नका लागि संबिधान र कानुनहरु कार्यान्व्यन गराउन लागिपर्नु पर्नेमा जोड दिए ।
दलित मुक्त्ति मोर्चा कोसी प्रदेश ईन्र्चाज अनिता परियारले दलितहरुको संघर्षकै बलमा जातिय छुवाछुत पनि दण्डनिय अपराध बनिसकेको र विभेद विरुद्धको चेतना पनि निर्माण भैसकेको बताईन् । उनले दलितको पक्षमा बनेका हक अधिकारहरु लिन नसकेमा फेरि पनि दलितहरुले विभेद र उत्पिडन भोगिरहन बाध्य भैरहनुपर्ने अवस्था सृजना हुने भन्दै समुदायलाई सचेत गराइन् । उनले घरघरका चुल्हो चुल्होमा पुगेको विभेद विरुद्धको बिकृत अशिक्षा हटाउन अब दलितहरुले घरघरबाट प्राप्त हक अधिकार स्थापित गराउनका लागि दलित आन्दोलन उठाउनु पर्नेमा जोड दिइन् ।
नेकपा माओबादीका बैकल्पिक केन्द्रिय सदस्य अरुणा सुन्दासले संबिधान र कानुनले जातिय विभेद र छुवाछुतलाई दण्डनिय बनाएपनि अधिकार स्थापित नहुँदा व्यावहारमा अझै शिक्षितहरुले जातिय विभेद र छुवाछुत गरिरहन सफल भएको बताए । अझै सचेतहरुनै विभेद विरुद्धको आन्दोलनमा लागेका नायक राजेश हमालको फोटो जलाउनेदेखी पोष्टरै टाँसेर भोज आयोजना गर्ने अनि अन्र्तजातिय विभेद गर्नेहरुको हत्या गर्ने गरेका प्रशस्त उदाहरण देखापरिहेको सुन्दासले सुनाए । माआबादी केन्द्र मोरंङ ईन्र्चाज कुशल लिम्बुले दलितहरुले बषौदेखीको अमानविय उत्पिडन विरुद्ध बन्दुक बोकेकै कारण जनयुद्ध सफल भएको र हक अधिकार प्राप्त हुनसकेको भन्दै अब व्यावहारमा लागु गराउन चुपचाप नबस्न दलितहरुलाई आग्रह गरे ।
माओबादी केन्द्र कोशी प्रदेश समितिका उपाध्यक्ष शिवकुमार डाँगीले आन्दोलन शिथिल भएमा आफनै त्याग र बलिदानबाट प्राप्त भएको हक अधिकार भोग गर्नबाट दलितहरु बंचित हुँदै जाने र फेरि छुवाछुत र विभेद पुस्तौसम्म भोगिरहनुपर्ने अवस्था सृजना हुनसक्ने भएकोले दलितहरुले अधिकार स्थापित गराउने आन्दोलन थाल्न ढिलो गर्न नहुने बताए । माओबादी केन्द्र मोरङका सचिव प्रकाश पौडेलले जनयुद्ध र जनआन्दोलनमा अग्रमोर्चामा रहेर रगत पसिना बनाए जस्तै प्राप्त हक अधिकार लिन दलितहरु जुुुर्मुराए मात्र न्यायको अनुभूति गर्न पाउने बताए ।