हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनले ४८ जनालाई नगद राहात सहायता उपलब्ध गराएको छ । सम्बन्धित वडा कार्यालयको सिफारीस र पिडितको माग निवेदन अनुसार आर्थिक सहयोग उपलब्ध गराएको हो ।
गाउँपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनले आर्थिक बर्ष २०७८/०७९ भरिमा जम्मा नगद राहात साहयता पाँच लाख ६६ हजार पाँच सय रूपैयाँ वितरण भएको हो ।
घटनाको प्रकृति हेरी प्रहरी सर्जमिन मुचुल्का समेत लिएर गत आर्थिक बर्षमा ४८ जनालाई ५ लाख ६६ हजार ५०० रुपैयाँ सहयोग गरिएको पालिकाका सूचना अधिकारी सुशील कडरियाले जानकारी दिए । सूचना अधिकारी कडरिया अनुसार पालिकामा बनेको ऐन २०७५ अन्तर्गत गाउँ विपद् व्यवस्थापन समितिको बैठकको निर्णयले आर्थिक बर्ष २०७८/०७९ मा ४८ जनालाई उक्त राहात साहयता प्रदान गरेको हो ।
पालिकाले कम्तिमा तीन हजारदेखि अधिकतम ५० हजार रूपैयाँसम्म अध्यक्ष र उपाध्यक्षको संयुक्त छलफलबाट तत्काल राहत उपलब्ध गराउने सम्बन्धि प्रत्यायोजित अधिकार बमोजिमका गाउँ विपद् व्यवस्थापन समितिमा राहत उपलब्ध गराएको हो ।
राहात सहायता लिनेहरूमा अधिकांश जङ्गली हात्तीले घर, गोठ तथा अन्न बालीमा क्षेती पुगेका धेरै छन् । केही हावाहुरीको कारणले बालिनालीमा हानी नोक्सानी,ब्यवसायमा नोक्सानी भएका छन् । त्यसैगरी हात्ती पिडितलाई आवश्यक टर्चलाईट तथा साईरन वितरण र बाढीले पुर्याएको सडक र घरको क्षेति भएकामा सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।