काठमाडौं ।
बृद्धाश्रम सहयोग समितिले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी सहयोग गरेको छ । ज्येष्ठ नागरीक हरुमा रहेको ज्ञान सिप क्षमता युवा पुस्तामा पुर्याउने उदेश्यले शुरु भएको बृद्धाश्रम सहयोग समिति र प्रशान्ती बृद्धाश्रम विच सहयोगको वातावरण वनी दुवै समिति विच समन्वय भएको छ ।
ज्येष्ठ नागरीक महासंघका केन्द्रिय सदस्य समेत रहेका प्रशान्ति बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले बृद्धाश्रमलार्इ अव प्रदेशकै अग्रणी संस्थाको रुपमा विकास गरीने सोचका साथ सहयोगी हातहरुको आवश्यकता रहेको बताएका छन् । प्रत्येक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने नीति रहेको बृद्धाश्रम सहयोग समितिले यो महिना कणार्लीको प्रशान्ति बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरेको हो ।
५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवश्यक रहेको जनाइएको छ । बृद्धाश्रम सहयोग समितिका अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रमहरुमा कम्तिमा पनि एक’एक लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य अनुरुप यस आश्रममा सहयोग गरेको बताइन् ।
वडाध्यक्ष र पालिकाले दिएको सहयोगवाट रकम जुटीरहेको उनले जानकारी दिइन् । हरेकले महिनामा १० रुपैयाँ मात्र भएपनि ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न उनले आग्रह गरेकी छिन् ।