झापा ।
उपनिर्वाचनको मौन अवधि बिहीवार (आज) राति १२ बजेबाट शुरु हुने निर्वाचन आयोगले जनाएको छ । आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।
भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएसँगै राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् ।