विर्तामोड ।
नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा बिर्तामोडमा भएको विरोध प्रदर्शन तथा जनसभामा विभिन्न संघर्षका कार्यक्रम घोषणा भएको छ। उक्त जनसभामा नेकपाले झापाका विभिन्न होटलमा खुलेआम हुने यौनधन्दा, लागुऔशध, मिटरब्याजी, वित्तीय संस्थाहरुको ज्यादती लगायतका विषय विरुद्ध चरणबद्व संघर्षको घोषणा समेत गरेको हो ।
जनसभा कार्यक्रमलाई चर्चित गोर्खा जेल ब्रेककि कमान्डर उमा भुजेल (शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमनसिंहले सम्बोधन गरेका थिए।
विरोध प्रदर्शन र्याली पुरानो भद्रपुर रोड नजिकैबाट बजार परिक्रमा जनसभामा परिणत भएको थियो । झापामा पछिल्लो समय मिटरब्याजी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती बढ्दै गएपछि निरन्तर यसका विरुद्ध प्रतिरोध र संघर्ष गर्दै आएको उक्त पार्टीले आज पीडितहरु सहितको जनसभा गरेको हो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५० जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको जनाइएको छ।