झापा ।

 नेपाल विद्यार्थी संघ झापाले संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्दा अहिलेको आर्थिक बन्दीलाई मध्येनजर गरेर शुल्क घटाउन माग गरेको छ ।

देशमा आर्थिक संकट आएको भन्दै विद्यालयमा नयाँ विद्यार्थी भर्ना गर्दा चर्को मुल्य नलिन आग्रह गरेको हो । नेविसंघका झापा सभापति सञ्जय निरौलाले संस्थागत तथा सामुदायिक विद्यालयहरुले अभिभावकहरुलाई ढाडसेक्ने गरी चर्को मुल्य नलिन चेतावनी दिएका छन् । उनले प्यावसनलाई खुलेरै मुल्य घटाइदिन अनुरोध समेत गरेका छन् ।

‘सामुदायिक विद्यालयमा कक्षा–१२ सम्म निःशुल्क शिक्षा भनेको भएपनि अंग्रेजी माध्यममा पढाइ गर्दैमा युकेजीको बच्चालाई पनि १ हजार फि लिएको भेटियो जानकारी दिए । 

व्यापारको नाममा संस्थागत विद्यालयले पनि अभिभावकको ढाडसेक्ने गरीको महंगो शिक्षा दिन नमिल्ने उनको जोडदार माग छ ।