बिर्तामोड । 

नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । नगर कमिटिको (आज) सोमबार बिर्तामोडमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् । निरौला मोवाइल क्षेत्रमा १५ बर्षदेखि ब्यासाय गर्दै आएका छन् ।

त्यस्तै नगर कमिटिको उपाध्यक्षमा गोमा भट्टराई र उपेन्द्र बानिंया, सचिवमा केदार खनाल, सह–सचिवमा किरण पौडेल र कृष्णप्रसाद अधिकारी, कोषध्यक्षमा अमित बुढाथोकी चयन भएका छन् । 

दुई वर्षे कार्यकाल रहने  नगर कमिटीको सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, संजय शाह, शेखर दाहाल, इश्वर प्याकुरेल, हरि राजवंशी, गणेश कोइराला, राजन निरौला(युवराज), युवराज गौतम, छविलाल नेपाल, कमला गौतम, शुस्मा गौतम चयन भएका छन् । 

अन्य ९ जना सदस्य  कार्य समितिले मनोनित गर्ने व्यवस्था रहेको जनाइएको छ ।