बिर्तामोड ।

 नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशन (भोली) आइतवार हुने भएको छ ।  बिर्तामोडको अतिथि सदनमा भोलि वैशाख ४ गते बिहान ११ बजे प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गर्ने तय भएको छ ।

अधिवेशनमा वर्तमान तरलता अभाव र आर्थिक मन्दीका विषयमा गहन छलफल गरी तीनै तहका सरकार समक्ष दवाव दिने रणनीति बनाउने बताइएको छ । 

दुई वर्षे कार्यकाल रहेको नगर कमिटीको अधिवेशनले ३१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नगर कमिटीमा अध्यक्ष १ जना, उपाध्यक्ष २ जना, सचिव १ जना, उपसचिव २ जना र कोषाध्यक्ष १ जना गरी सात सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारीमा दुईजना महिला अनिवार्य रहनेछन् ।