बिर्तामोड । 

नेपाल क्युािष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको बिर्तामोड नगरपालिकामा संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियानलाई तिब्र पारेको छ ।  पार्टी केन्द्रको २ महिने संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियानलाई पार्टी नगरका वडा–वडामा तिब्र पारेको हो । 

सोही क्रममा माओवादी केन्द्र बिर्तामोड न ३ स्वागत टोलमा कुलबहादुर कार्कीको अध्यक्षतामा १५ सदस्य टोलसंयोजन समिति गठन गरेको छ । समितिको सचिबमा कुमार घतानी चयन भएका छन् । 

त्यसैगरी समाबेसी टोलमा सुर्यलाल चोउदऋृको अध्यक्षतामा २५ सदस्य टोल समिति निर्माण गरिएको जनाइएको छ । उक्त समितिको उपाध्यक्षमा कुमारी चोउधऋृ, सचिब सल्मा खातुन, सह–सचिबमा महेन्द्र मुर्मु, कोषाध्यक्ष श्रीलाल मुर्मु सहित २५ सदस्य समिति चयन गरिएको हो । 

कार्यक्रममा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य सिपि कडरिया, टेकबहादुर शाहशंकर, पार्टी नगर उपाध्यक्ष कमल कडरिया, छायाँ सिग्देल, पार्टीका ३ नम्बर वडा इन्चार्ज जगन्नाथ भट्टराई, वडा सचिब सुशिला पाण्डे, कोचिला नगर उपाध्यक्ष गोबिन्द राजबंशीलगायतको उपस्थिति रहेको पार्टीका ३ नम्बर वडा इन्चार्ज जगन्नाथ भट्टराईले जानकारी दिए ।