हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ को ढडुवा बजार व्यवस्थापन समितिले हाट बजार लगाउने भएको छ । कोरोना कहरदेखि रोकिएको हाट बजार पुनः सञ्चालन गर्ने बजार ब्यवस्थापन समितिले जनाएको छ ।
बजार व्यवस्थापन समितिले बजार सञ्चालन गर्न प्रचारप्रसार शुरु गरेको छ । २०८० बैशाख पहिलो हप्ताको सोमबारदेखि बजार सञ्चालन गर्ने गरी समितिले तयारी गरिरहेको बजार समितिले जानकारी दिएको छ।
कोरोना महामारीका कारण बन्द भएको बजार पुनः सञ्चालन गर्न आम व्यापारी, व्यवसायी र उपभोक्तालाई आग्रह गरिएको समितिका सचिव अभिषेक खतिवडाले जानकारी दिएका छन्।
बजार पुनः प्रत्येक हप्ताको सोमबार सञ्चालन गरिने भएकाले बजारमा व्यापार ल्याएर आउन सबैमा समितिले अपिल समेत गरेको छ ।