बिर्तामोड ।
नेकपा (एकीकृत समाजबादी) को भातृ संगठन नेपाल दलित मुक्ति संगठनको झापा जिल्ला अधिबेशनले उदय बराइलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
बिर्तामोडमा बिहीबार (आज) भएको नवौं जिल्ला अधिबेशनले बराइलीलाई अध्यक्षमा चयन गरेको हो । । संगठनका अध्यक्ष जंघ रसाइलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम संगठनका प्रदेश इन्चार्ज श्याम ल्वागुनको प्रमुख आतिथ्यत रहेको थियो ।
कमिटीको उपाध्यक्षमा गनबहादुर लामगादे, सचिबमा बिनोद गदाइली, सह सचिबमा शंकर परियार, कोषाध्यक्ष राधिका लोहार र सदस्यहरुमा एखबहादुर बिक, दिनेशकुमार बिश्वकर्मा, भीम बराइली, मीना सार्की, धनकुमारी बिश्वकर्मा, डम्बर बिश्वकर्मा, कृष्ण लोहार, खगेन्द्र बिश्वकर्मा, भगवान दर्जी, प्रकाश बिक, झेनुका दर्जी, गोपाल देवापाने, मनकुमारी बिश्वकर्मा, तुलसा खाती चयन भएका छन् ।
सो अधिबेशनले तीन सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । तीलक लोहार, लालबहादुर कालिकोटे, सन्तोष लामगादे सल्लाहकारमा चयन भएका छन् ।
अधिबेशनलाई प्रमुख अतिथि श्याम लुहागुन, पार्टीका केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, संगठनका अनुशासन समितिका अध्यक्ष तारा रुचाल, मोरंग जिल्ला अध्यक्ष तीलक परियार र कोशी प्रदेश सचिब पर्शुराम शंकरले मन्तब्य राखेका थिए ।