बिर्तामोड । 

राजवंशी महिला समाजले सिरुवा सांस्कृतिक तथा अन्तरघुलन कार्यक्रम गरेको छ । झापाको बिर्तामोडमा बिहीवार (आज) राजवंशी महिला समाजले बैशाख १ गतेदेखि शुरु हुने सिरुवा पर्वलाई लक्षित गरी नयाँ बर्षको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो । 

राजवंशी महिला समाजकी अध्यक्ष सनम राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समाजकी कोषाध्यक्ष रुपा राजवंशीले गरेको कार्यक्रममा अध्यक्ष सनमले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

siruwa

कार्यक्रमको सञ्चालन समाजकी सचिब शर्मिला राजवंशीले गरेकी थिइन् । तराईमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व भोली (शुक्रबार) देखि शुरु हुँदैछ । वैशाख १ गतेदेखि शुरु हुने यो पर्व तीन दिनसम्म मनाउने गरिन्छ ।

कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड–१० का वडाध्यक्ष दूर्योधन गुरुङ, कार्यपालिका सदस्य यमुना आचार्य, संगीता शिवा, नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, सचिव गणेश कालिकोटे, शिक्षा सहकारीका अध्यक्ष सुव्रत न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमकाबिच गौरादह नगरकी उपप्रमुख जलबर्षा राजवंशी र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवंशीलाई सम्मानसमेत गरिएको थियो । समाजले बिभिन्न सांस्कृति कार्यक्रम गर्दै अन्तरघुलन कार्यक्रम सम्पन्न गरेको छ ।