झापा ।
मदिरा सेवन गरेर बन्द भएको भन्सार गेटलाई ठक्कर दिएर फरार रहेको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत मंगलबार झापाको मेचीनगर नगरपालिका वडा नं.६ मा भारतबाट नेपालतर्फ आउने क्रममा चालकले मदिरा सेवन गरी चलाएर ल्याएको BR 26 GA 9537 नं.को बोलेरो पिकअप गाडीले बन्द भन्सार गेटलाई ठक्कर दिएको थियो ।
गेटलाई ठक्कर दिएर पश्चिमतर्फ भागेको उक्त बोलेरो पिकअप गाडीलाई ईलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा रहेको गाडी र चालक भारत नयाँ टोल साबनिमा पट्ना का अन्दाजी २६–२७ का जयशंकर कुमारलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।