झापा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर २ जामुनखाडी सिमसारबाट प्रतिबन्धित लागू औषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कनकाई–३ ४० बर्षिय भानु दाहाल, इलाम माई नगरपालिका वडा नं. ०८ का  ३९ बर्षिय आशबहादुर लिम्बु र सोही स्थान घर बताउने ३२ बर्षिय उमेश राई रहेका छन् । 

कनकाई –२ स्थित जामुनखाडी सिमसारका भानु दाहालको घरको कोठा भित्र लागूऔषध सेवन भइरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाको प्रहरी टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

दाहालको घर कोठामा चेकजाँच गर्दा उनीहरुले टिनको छाना मुनी काठको तक्ती माथी लुकाई राखेको ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्राम ३०० मिलिग्राम, नगद ३४ हजार रुपैयाँ, मोवाईल ३ थान फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै आशबहादुर राईको नाममा रहेको मे.९ प.९२९६ नं.को पल्सर मोटरसाईकलसहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।