भद्रपुर ।
झापा विर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्व सन्तोष अग्रवाललाई नेपालकै पुरानो व्यावसायिक संगठन नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ
चेम्बर अफ कमर्सको ७२ र्औं साधारणसभाको अवसरमा चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष एवम् विर्तामोडस्थित सन्तोष भेराइटिजका सञ्चालक अग्रवाल सम्मानित भएका हुन् । उनलाई काठमाडौंमा आयोजित साधारणसभा समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले कदरपत्र प्रदान गरे ।
मुलुकको जेठो व्यावसायिक संस्था चेम्बर अफ कमर्सको विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै चेम्बरले करदरपत्रद्वारा सम्मान गरेको सम्मानित अग्रवालले बताए । झापामा चेम्बरको शाखा स्थापनामा अग्रवालको भूमिका रहेको थियो ।