हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ मा रहेको ढडुवा बजार व्यवस्थापन समितिको सरसफाईमा थप सक्रियता बढेको छ। बजार व्यवस्थापन समिति आइतवार (आज) बैठक बसेर बजारलाई थप व्यवस्थित बनाउने बारे छलफल गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र आङ्बोले जानकारी दिए।
बजार व्यवस्थापन समितिले बजार लाउने, सरसफाइ, बजार सौन्दर्यतालगायतका बिषयमा केन्द्रित रहेर काम गरीरहेको जानकारी प्राप्त भएको छ। कार्यक्रमको बिच हल्दिबारी–३ सहित अन्य थप आर्थिक सङ्कलनबाट १० थान डस्टबिन तथा सरसफाइ साम्रागी प्राप्त भएको र केही दिनअघि सहारा नेपाल साकोसको बार्षिकोत्सवको अवसरमा बजार समितिको सम्वन्यमा सहाराले १० थान डस्टबिन बजारलाई हस्तान्तरण गरेको थियो।
मेची महाकाली सरसफाइ अभियानका अभियानकर्मी तथा बजार व्यवस्थापन समितिका सचिव अभिषेक खतिवडाले लामो समय बजारमा सरसफाइको नेतृत्व गरेका थिए । हाल बजार व्यवस्थापन समिति र विभिन्न संघ÷सस्थाको सम्वन्यमा सरसफाइ निरन्तर भइरहेको र हल्दिबारीमा अरु बजार भन्दा ढडुवा बजार सफा रहेको ढडुवाबासीको दाबी रहेको छ।