- प्रकाश उप्रेती
बिर्तामोड।
‘गाउँ’गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ नागरिक पीडित भएको बेला जोस र उर्जासहितको शब्द–संगीत र स्वरले भरिएको जनबादी गितका गायक हुन् ओम श्रेष्ठ । धरानमा जन्मिएका गायक श्रेष्ठ २०४६ सालको आन्दोलनमा जनताका जन गायकको रुपमा परिचित नाम हो । तर, तिनै जनवादी गायकलाई अहिलेको पुस्ताले सायदै चिन्दैनन् ।
पछिल्लो पुस्ताका उदयमान कलाकारको नामले जनबादी गायकको नाम ओझेलमा परेको छ । जब जनतालाई अप्ठ्यारो पर्छ, पीडित महशुस गर्छन्, आन्दोलनमा जनमाहोल बोटल्न महान् सारथीको रुपमा गायक श्रेष्ठले गाएको गित ‘गाउँ’गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ,यो देशको मुहार फेर्नलाई उठ’ ले प्राथमिकता पाउदै आएको छ ।
बिगतदेखि २०६२/०६३ सालको लोकतान्त्रिक गणतन्त्रका लागि गरेको आन्दोलनलाई यो जगवादी गायकले गाएको गितले निकै उचाई थप्दै अन्ततःआन्दोलन सफल भयो । देश लोकतान्त्रिक गणतन्त्रमय पनि भयो । तर, ति गायकमात्रै होइन उनको नाम नै ओझेलमा परेको छ । आन्दोलनले सफलता हासिल गरेपछि आन्दोलनको सारथीलाई बिर्सिनु कतिको न्यायसंगत हुन्छ होला रु जनवादी गायक श्रेष्ठले भने, ‘कुनैपनि पार्टी नभनी जनताको पिडा, मर्म र भावनालाई बुझेर उनीहरुकै लागि गाएको न्यायप्रेमी गितले ठाँउ पाउछ, गितमार्फत जनताले न्यायको आभास पाउछन् । देशले युग परिवर्तन पनि गर्छ । तर, शब्द खेलाएर स्वर दिने हामी जनवादी गायकलाई न जनताले चिन्छ्न् न सरकारले चिनाउन उचित ब्यवस्था गर्छ ।’
२०४० सालमा आस्था सांगेतिक समुहबाट सांङेतिक क्षेत्रमा सुरु गरेका गायक श्रेष्ठले दर्जनौं जनवादी गित गाइसकेका छ्न् । भन्छन् ‘गित गाउनु मेरो शौक मात्रै होइन, जनताको भवनालाई गित–संगीतको माध्यमबाट जनतालाई नै न्यायका लागि पस्किने खुराक हो, म र मेरो टिम ब्यक्तिगत स्वार्थमा लागेका छैनौ । देशमा परिवर्तन ल्याउन मैले गाएका गितले ठुलै भुमिका खेलेको छ, योगदान पनि दिएको छ । अहिले देश बिकासक्रममा सबै क्षेत्रमा देखिएका बिकृति–बिसंगतिलाई चिर्नका लागि चैत २ गतेदेखि देशब्यापी रुपमा ‘राष्ट्रका लागि सांगेतिक अभियान’ सुरु गरेका छौ ।’
देशमा सबै क्षेत्र–तहमा देखिएका बिकृति–बिसङ्गतिको विरुद्धमा दबाब दिने उद्देश्यले शनिबार झापाको बिर्तामोडमा जनवादी सांगेतिक समुहले सांगेतिक कार्यक्रम सम्पन्न भएको छ । ‘राष्ट्रका लागि जनयात्रा’ नारासहितको अभियान देशका विभिन्न ठाउँमा सांगेतिक कार्यक्रम गर्दै झापाको बिर्तामोडमा सम्पन्न गरेको हो । सांगेतिक कार्यक्रम अन्तर्गत सांस्कृतिक र राजनीति क्षेत्रमा मौलाएको बिकृति–बिसंगतिलाई सुधार गर्न दवाब अभियान अचुक हुने सहभागी कलाकारको भनाई छ ।
कार्यक्रममा जिल्ला भरका सयौं सहभागीबिच वरिष्ठ जनगायक जीवन शर्मा, माधब प्रधान, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण बिद्रोही, टेक बलम्पाकी, धिरेन सि, निलिमा पुन, ओम श्रेष्ठलगायत दजनौ गायन र कलाकारले नृत्य प्रस्तुति गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्योतिसिंह दर्लामी, प्रदेश कोषाध्यक्ष गगन पुरीको समेत उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन चिरन सिले गरेका थिए ।