- राजु बराल
चन्द्रगढी ।
झापाको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २० औ बार्षिक परिसद साधरण सभा आज (शनिबार) सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकाका उप–प्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/०७९ को कुल आय २ करोड ५८ लाख ९८ हजार ३९४ रुपैयाँ र कुल खर्च १ करोड ५९ लाख ५ हजार ३३९ रुपैयाँ रहेको छ । त्यस्तै आर्थिक बर्ष २०७९/०८० को कुल अनुमानित आय ३ करोड ३८ लाख ५२ हजार ९६९ रुपैयाँ र कुल खर्च ३ करोड ३२ लाख ८५ हजार रुपैयाँ रहने लक्ष्य रहेको अध्यक्ष अधिकारीले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगर उप–प्रमुख राधा कार्की, निवर्तमान प्रदेश सांसद बसन्त बानिया, नेकपा एमालेका असारु राजबंशी, नेपाली काङ्ग्रेस भद्रपुर नगर सभापति तथा वडा नं. २ का वडाध्यक्ष राम कडेल, वडाध्यक्षहरु टेकबहादुर खड्का काजी, अभिषेक ढुङ्गाना, राम दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सोही कार्यक्रममा सस्थाका कोषाध्यक्ष खेमराज भट्टराइले आर्थिक प्रतिबेदन र माधव घिमिरेले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । सस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष बाबुराम पराजुली र सन्चालन सचिव बाबु राम कार्कीले गरेका थिए ।