मेचीनगर । 

झापा मेचीनगरका समाजसेवी राजन चिमरियाले मेचीनगर नगरपालिका १३ की स्व. जमुना बिर्जाको परिवार र मेचीनगर–१३ खयरडाँगीका ३४ बर्षिय मृगौला रोगी दीपक राईलाई आर्थिक सहयोग गरेका छन् । 

नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्षसमेत रहेका चिमरियाले ब्यक्तिगत तर्फबाट बिर्जाको परिवारलाई नगद १० हजार र राईलाई उपचारको लागि नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । 

कुसल कृषकका रुपमा समेत परिचित चिमरियाले नगरका कुनैपनि बिपन्न परिवारलाई केहीन केही माध्यमबाट सहयोग गर्दै आएका छन् । 

सामाजिक कार्यका अगुवा ब्यक्तित्वको रुपमा रहेका चिमरियालाई धुलाबारी जेसीजद्धारा स्व. भोटु प्रसाईको नाममा स्थापित अक्षय कोषले यस बर्षको उत्कृष्ट कृषका रुपमा सम्मान समेत गरेको छ । चिमरियालाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।