बिराटनगर । 

मोरङ, सुनसरी र इलामबाट प्रतिबन्धित लागू औषधीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१५ मा चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका  दमक–४ का २७ बर्षीय यम मगरलाई प्रतिबन्धित औषधी ३६ एम्पुलसहित पक्राउ गरेको छ ।

त्यसैगरी अस्थायी प्रहरी पोष्ट रेल्वे धरानको प्रहरी टोलीले धरान–१७ का २४ बर्षीय समिर जोगीले आफ्नै घर भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषधी ट्रामाडोल १ हजार ३ सय ८० क्याप्सुल र स्पास्पेइन १ हजार ८ सय चक्कीसहित र अस्थायी प्रहरी चौकी बाङ्गेको प्रहरी टोलीले बराहक्षेत्र–३ का ३२ बर्षीय राजकुमार राईलाई ट्रमाडोल ३ सय क्यापसुल सहित पक्राउ गरेको हो ।

त्यस्तै इलामको चुलाचुली गाउँपालिका–४ का २१ बर्षीय मुकेश लिम्बुलाई प्रतिबन्धित लागूऔषधी १ सय ३२ चक्कीसहित प्रहरी चौकी पेल्टीमारी इलामको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।