झापा ।
झापाका बिभिन्न स्थानबाट भञ्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले सामान नियन्त्रण्मा लिएको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.६ फाईरिङ चौकमा भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको ईन्डकस्न चुलोमा प्रयोग गर्ने दिउरे १८ वटा, कराई १८ वटा, ताप्के १७ वटा र लाईटर १८ ओटा नियन्त्रण्मा लिएको जनाएको हो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.५ भेटघाट चौकमा भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको २४४ वटा रेडीमेट सर्ट नियन्त्रण्मा लिएको जनाएको छ ।
नियन्त्रण गरिएको जम्मा २ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकँरभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















