बिर्तामोड ।
नेकपा (माओवादी केन्द्र) संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियानका क्रममा रिता मिश्रको अध्यक्षतामा २१ सदस्यीय बिर्तामोड नगर अनेमसंघ (क्रान्किारी) गठन भएको छ ।
झापाको बिर्तामोड–३ मा सोमवार (आज) भएको अनेमसंघ (क्रान्किारी) को भेलालले पुनः अध्यक्षमा मिश्रलाई चयन गरेको हो । मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य तथा कमाण्ड प्रमुख धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चापागाई, प्रदेश सचिवालय सदस्य सीपी कडरिया, शिखर कडरिया, अस्मिता तामाङ, प्रदेश सांसद बन्दना झागर, झापा क्षेत्र नं. २ प्रदेश (१) का पार्टीका संयोजक प्रकाश भट्टराई, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, अनेमसंघ नगर पूर्व अध्यक्ष पवित्रा सुवेदीलगायतले शुभकामना मन्तब्य राखेको नगर उपाध्यक्ष जेवी जबेगुले जानकारी दिए ।
कार्यक्रममा नगर उपाध्यक्ष कमलप्रसाद कडरिया, छाँया सिग्देल, सचिव गणेश कालिकोटेलगायत बाक्लो उपस्थिति रहेको थियो । स्वागत अनेमसंघ नगर सचिब माया पुलामी मगरले गरेको कार्यक्रमको सञ्चालन नगर उपाध्यक्ष रुमा चापागाईले गरेकी थिइन् ।
पार्टी केन्द्रको सर्कुलर अनुसार जारी दुई महिने संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियानलाई पार्टीले निरन्तरता दिदै आएको छ ।