बिर्तामोड।
महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीलाई प्रविधिको माध्यमबाट व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुर्याउने उद्देश्यले व्यवसाय प्रवद्र्धनमा प्रविधिको पहुँच विषयक एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।
महिला उद्यमी संघ नेपालकी झापा अध्यक्ष नैनकला भट्टराई अध्यक्षतामा बिर्तामोडस्थित गोमेन्द्र कलेजमा आयोजित कार्यक्रममा उद्यमीको उत्पादनलाई प्रविधिको माध्यमबाट बजारीकरण गर्ने विषयमा छलफल भएको हो ।
अन्तरक्रियाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि डा। रुपक खनालले ब्यापारका तीनवटा पाटा रहेको उल्लेख गर्दै मुख्य तीन पाटामध्ये बजारीकरण सबै भन्दा कटिलो रहेको बताए । पहिलेको जस्तो टिन ठटाएर विज्ञापन गर्ने समय अहिले नरहेको उल्लेख गर्दै हातमा भएका सानो भाँडो -मोवायल) संग खेल्न सक्नेका लागि संसार त्यही भएको धारणा राखे ।
कार्यक्रममा महिला उद्यमी संघ नेपालकी संस्थापक अध्यक्ष गोमा भट्टराईले व्यापारमा प्रविधिको प्रयोग समयको माग भएको बताइन् । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी सहकोषाध्यक्ष राधिका चुडाल हुमागाँई, पत्रकार रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी महासचिव सर्मिला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा चापागाँईले गरेकी थिइन् ।गोमेन्द्र कलेजको प्राविधिक सहयोग रहेको अन्तरक्रियामा भिप्रा एड्भरटाइजिङ्ग एण्ड मिडिया प्रा।लि।का विमल राजवंशी र साइमन बस्नेतले सहजीकरण गरेका थिए ।
- नेपाल उद्यमशील महिला संघको तनाब व्यवस्थापन सम्बन्धी तालिम
बिर्तामोड । नेपाल उद्यमशील महिला संघको आयोजनामा तनाव व्यवसथापन सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न भएको छ । ब्यवसायमा आएको मन्दीका कारण निराश बनेका महिला उद्यमीहरूलाई लक्षित गरि नेपाल उद्यमशील महिला संघले कार्यक्रमको आयोजना गरेको हो । तालिममा मोटिभेटर ट्रेनर सूर्यप्रसाद चम्लागाँईले सहजीकरण गरेका थिए ।
संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यशोदा प्रसाईको सञ्चालन तथा ऐश्वर्या पाण्डेको स्वागत रहेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, चेम्बर अफ कमर्शका अध्यक्ष ओम बिमली, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, अलैंची व्यवसायी महासंघका पूर्व महासचिव सुवास भट्टराई, एबिसी नेपाल झापा अध्यक्ष कञ्चना सिटौला ढकाल, साना मझौला साकोसकी अध्यक्ष देविका बस्नेत, नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, लगायतको उपस्थिति रहेको थियो ।