लक्ष्मीपुर ।

नेकपा माओवादी केन्द्रमा बिभिन्न पार्टी परित्याग गरी ३० जनावढीले पार्टी प्रवेश गरेका छन् । पार्टीको संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियानका क्रममा झापाको बिर्तामोड–३ बाट ३० जना वढीले कांग्रेस, एमालेलगायतका पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका पार्टीका बिर्तामोड नगर सचिव गणेश कालिकोटेले जानकारी दिए । 

पार्टी केन्द्रको सर्कुलर अनुसार जारी दुई महिने संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियानका क्रममा पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सचिवालय सदस्य सीपी कडरिया र प्रदेश सचिवालय सदस्य शिखर कडरियाले पार्टी प्रवेश गर्नेलाई  स्वागत गरेका थिए ।

 रजय भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सचिवालय सदस्य शिखर कडरिया, नगर उपाध्यक्ष कमलप्रसाद कडरिया, छाँया सिग्देल, अनेमसंघ (क्रनित्कारी) की नगर अध्यक्ष रिता मिश्र, वडा इन्चार्ज जगनाथ भट्टराई, कोचिला राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष गोविन्द राजवंशीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका वडाध्यक्ष तुलसी ढकालले गरेका थिए । 

  • बिर्तामोड–८ मा पनि अभियान सम्पन्न 

बिर्तामोड । 

 बिर्तामोड–८ मा पनि पार्टीले संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियान सम्पन्न गरेको छ । पार्टीका वडा नं. ८ का वडाध्यक्ष भरत चौहानको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी प्रदेश सचिवालय सदस्य अस्मिता तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, उपाध्यक्ष जेवी जबेगु, कमलप्रसाद कडरिया, अनेमसंघ (क्रान्तिकारी) की नगर अध्यक्ष रिता मिश्रलगायलतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका वडा सचिव मानबहादुर मगरले गरेका थिए । 

pati2