• राजु बराल 

चन्द्रगढी ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९को रामेश्वर शिव पान्चायन मन्दिरमा बालबालिकालाई निःशुल्क पोशाक बितरण गरिएको छ ।

रामेश्वर शिव पान्चायन मन्दिर समितिले बालबालिकालाई सस्कार र सस्कृति सिकाउने उद्देश्यले माघ १४ देखि शुरु गरेको बाल प्रशिक्षण कक्षामा सहभागी बालबालिकाहरुलाई पोशाक बितरण गरेको समितिका अध्यक्ष सरोज निरौलाले बताए ।

प्रत्येक शनिबार बिहान १ घन्टा गुरु नारायणप्रसाद अधिकारीले सहजिकरण गर्दै आएको सो प्रशिक्षण कक्षामा सहभागी ७० जनामा ५५ जना बालबालिकालाई  निःशुल्क पोशाक बितरण गरिएको र बाँकी बालबालिकालाई क्रमश पोशाक बितरण गरिने अध्यक्ष निरौलाले जानकारी दिए ।

उक्त कक्षामा सहभागी बालबालिकाहरुलाई पूर्वीय दर्शन, धर्म, सस्कार, सस्कृतिको बारेमा प्रशिक्षण दिने गरिएको छ ।