चन्द्रगढी ।
झापाको भद्रपुर–९ स्थित केदारेश्वर शिव पान्चायन मन्दिरको १३ औं साधरण सभा आज (शनिबार) सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमाभएको कार्यक्रममा प्रमुख अतिथि पोखरेलका साथै देवकोटा जेष्ठ नागरिक समुहका अध्यक्ष खडग कृष्ण भट्टराई, प्रकाश एकता कृषि सहकारी सस्था अध्यक्ष गोपाल श्रेष्ठ, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समिति अध्यक्ष चुडामणि मैनाली, सन्चारकर्मी राजु बराल, पुहातु जनज्योति माबिका प्रधानाध्यापक कौशिल्या आचार्य, हडिया कृषक जल उपभोक्ता समितिका अध्यक्ष दिनानाथ उप्रेती , कैलाशेश्वर शिव पान्चायन मन्दिरका राजन नेउपाने र देवकोटा स्मारक संरक्षण समितिका सन्तोष ढुङ्गानाले शुभकामना मन्तब्य राखेका थिए ।
केदारेश्वर शिव पान्चायन मन्दिरका अध्यक्ष राजेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती मल्लले गरेकी थिइन् भने सचिव भगिरथ नेपालले कार्यक्रमको सन्चालन गरेका थिए । कार्यक्रममा सस्थाको बार्षिक प्रतिबेदन र लेखा प्रतिबेदन प्रस्तुत गरिएको थियो ।