लक्ष्मीपुर । 

नेकपा (माओवादी केन्द्र) झापा क्षेत्र नं. २ प्रदेश (१) अन्तरगत बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियान सम्पन्न भएको छ ।

पार्टी केन्द्रको सर्कुलर अनुसार जारी दुई महिने संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियानलाई निरन्तरता दिदै बिर्तामोड ५ मा अभियान सम्पन्न भएको पार्टीका बिर्तामोड नगर सचिव गणेश कालिकोटेले जानकारी दिए ।  

बिर्तामोड –५ का पार्टी अध्यक्ष महेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य तथा क्षेत्र नं. २ पार्टी इन्चार्ज खड्ग तिम्सिना पवनको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि पवन,  बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वाले अभियानमा उपस्थित रहेकाले राखेका सुकुम्बासी, बाटो, सडक, बिजुली ढलनिकास लगायतका समस्याका बिषयमा आ–आफ्नो धारण राखेका थिए ।

कार्यक्रममा झापा क्षेत्र नं. २ प्रदेश (१)  का पार्टीका संयोजक प्रकाश भट्टराई, बिर्तामोड नगर उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, छायाँ सिग्देल, सचिव गणेश कालिकोटे, बिर्तामोड–९ वडा कमाण्ड प्रमुख तथा नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष तथा झापा अध्यक्ष मदन खड्कालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका बिर्तामोड ५ का सचिव सुदामा शर्माले गरेका थिए ।