हल्दीबारी । 

हिजो साँझ असिना, पानीसहित आएको हावाहुरीले झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ को उत्तरी भेगका कृषकहरूको मकै, पाक्न लागेको जै घाँस ,गहुँ लगायतका सम्पूर्ण बालीमा ठूलो क्षति पुगेको छ। 

शुक्रबार साँझ करिब ७ बजेदेखि शुरू भएको असिना, हावाहुरीसहितको वर्षाका कारण बालीनानीमा पूर्ण क्षति भएको हो। पाक्न लागेको बाली नस्ट भएपछि कृषक चिन्तित बनेका छन् ।

gas

स्थानीय लक्ष्मीप्रसाद  दंगालको ३ विगाहामा लगाएको मकै बाली र जै घाँस पूर्ण रुपमा क्षति पुगेको उनले बताए । त्यस्तै अर्का कृषक भरत दंगालले एक बिगाहा क्षेत्रफलमा लगाएको मकै र जै घाँस पूर्णमा रूपमा क्षति पुगेको उनले बताए । ‘बालीनानी पूर्ण रूपमा क्षति भएको छ’ उनले भने ‘वडा तथा जनप्रतिनिधिहरूले याथाशिघ्र चासो, चिन्ता राखेर अनुगमन गरे  जनताको दुःखमा साथ दिनु पर्ने हुन्छ ।’ 

पालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षले अनुगमन गरी तत्कालै कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउन  पहल गर्नुपर्ने उनको भनाई  छ। अर्का कृषक थानेश्वर खरेलले अघिल्लो पटक आएको बेमौसमी हावाहुरी र बर्षाले धानबालीमा पुर्‍याएको क्षतिपूर्ति दिने भनेर हल्दिबारी पालिकाले लगत संकलन गरेपनि कुनैपनि प्रकारको राहात र क्षेतिपुर्ति नदिएर कृषकलाई अन्याय गरेको बताए ।