बिर्तामोड ।
मारवाडी युवा मञ्च बिर्तामोडले रामनवमीको अवसर पारेर बृहत मोटरसाइकल कार र्यालि गरेको छ। पश्चिमी सभ्यता तीर गइरहेको संस्कारलाई निरुत्साहित गरि आफ्नै चाड पर्वलाई जर्गेना गर्ने उदेश्य लिएर गत बर्षदेखि मारवाडी युवा मञ्चले यस्ता खालका कार्यक्रम र र्याली गर्दै आएको मारवाडि युवा मञ्चका क्षेत्रिय संयोजक यज्ञराज अग्रवाल बिकासले जानकारी दिए ।
मञ्चले ‘मेरो श्री राम बाइक तथा कार र्याली’मा ताण्डप नृत्य , झाँकीसहित बिर्तामोडको बालाजी मन्दिरबाट शुरु गरेको र्याली मुक्तिचोक, सुगम पेट्रोलपम्प, मुक्तिचोक, बिर्ताबजार, चारपाने हुँदै वन स्टप मलमा बिबिध कार्यक्रम गरि समापन गरेको मारवाडी सेवा समिति बिर्तामोडका सचिव दीपक मित्तलले जानकारी दिए।
र्यालीमा मारवाडी सेवा समिति, मारवाडी युती मञ्च, अग्रशेन भवनसमिति ,मारवाडी महिला मञ्च, बालाजी मन्दिर ब्यवस्थापन समिति, छठ युवा फ्रन्ट बिर्तामोड, कृष्ण प्रणामी युवा परिसद,बिश्व हिन्दु माहासंघ लगायत संघ÷संस्थाको सहभागीता रहेको मञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल (टोनि) ले जानकारी दिए।
उक्त कार्यक्रममा मारवाडि युवामञ्चका क्षेत्रिय संयोजक यज्ञराज अग्रवाल, अध्यक्ष टेकेन्द्र अग्रवाल (टोनि), अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे, बिर्तामोड वार्ड नं. ४ का वडाध्यक्ष राहुल शर्मा, वार्ड नं. ५ का वडाध्यक्ष रोहित प्रसाईं, बिर्तामोड उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड खेलकुद विकास समितिअध्यक्ष बिकास गिरी लगायत बिभिन्न हिन्दु धर्ममा आवद्ध संघ संस्थाको हजारौ संख्यामा भक्तजन हरुको सहभागिता रहेको थियो।
उक्त र्यालिमा सहभागी हरुलार्इ धार्मिक सहिष्णुताको लागि उदाहरणिय कार्य गर्दै युवा ब्यावसायी अमिर खानले जलपान समारोहको आयोजना गरेका थिए ।